पूजा भन्छिन्, ‘मनको कुरा पत्रकारसँगै सेयर गर्छु’
काठमाडौं, माघ १४ : अभिनेत्री पूजा शर्मा सहकर्मी आकाश श्रेष्ठसँगको सम्बन्धलाई लिएर मिडियामा आइरहेकी छन् ।
फिल्म ‘रामकहानी’ पनि हर....

काठमाडौं, माघ १४ : अभिनेत्री पूजा शर्मा सहकर्मी आकाश श्रेष्ठसँगको सम्बन्धलाई लिएर मिडियामा आइरहेकी छन् ।
फिल्म ‘रामकहानी’ पनि हरेक कार्यक्रममा उनीहरु सँगै देखिने गरेका छ । यसले पनि उनीहरुको सम्बन्धका विषयमा चर्चा हुने गरेको छ ।
उनको नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’को घोषणामा पनि उनलाई सम्बन्धकै विषयमा प्रश्न सोधियो । यस पटक भने उनले पत्रकारलाई नै जिल्ल पारिन् ।
उनले कार्यक्रममा फिल्मका हिरोभन्दा पत्रकारनै आफ्नो नजिकको मान्छे भएको बताइन् । उनले थपिन, ‘कतिले पत्रकारहरुलाई मनको कुरा सेयर नगर भन्छन् । तर, म मनको कुरा पत्रकारसँगै सेयर गर्छु ।’
नयाँ फिल्म ‘सम्हालिन्छ कहिले मन’मा पूजासँगै सोनाम ताप्देन पनि देखिने छन् । यो फिल्ममा फरक र फन्नी क्यारेक्टरमा देखिने उनले बताइन् ।












