Kathmandu Press

किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ 

भक्तपुर, साउन १५ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका–२ घर भएका साईला घिसिङ...
किशोरी बलात्कार आरोपमा एक युवक पक्राउ 

भक्तपुर, साउन १५ : १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–७ मुहानपोखरी डेरा गरी बस्ने सूर्यगढी नगरपालिका–२ घर भएका साईला घिसिङ भन्ने २४ वर्षीय बिनायक तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। 

गत असार ४ गते तामाङले ती बालिकालाई आफ्नै डेरामा जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई बाघटारस्थित त्रिसुली अस्पताल परिसरमा निर्माणाधिन भवनमा काम गर्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। 

यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ। 
 

प्रकाशित मिति: १३:३८ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्