Kathmandu Press

म्याग्दीमा जिप दुर्घटनामा एकको मृत्यु, आठ घाइते

धवलागिरि गाउँपालिका– ७ बादिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालकसहित आठजना घाइते भएका छन् ।
म्याग्दीमा जिप दुर्घटनामा एकको मृत्यु, आठ घाइते

म्याग्दी, साउन १५ : धवलागिरि गाउँपालिका– ७ बादिकामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । चालकसहित आठजना घाइते भएका छन् ।

शुक्रबार भएको दुर्घटनामा परी धौलागिरि– ७ ताकमका २७ वर्षीय विकास सुनारको मृत्यु भएको जिल्ला प्रहरीका डीएसपी श्यामकुमार राईले जानकारी दिए ।

उनका अनुसार ताकमबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६८०५ नम्बरको बोलेरो जिप दरबाङ–धारापानी सडकअन्तर्गत बादिकाको भीरबाट खसेको थियो ।

चालक आकाश रसाइलीको निधार र घाँटीमा चोट लागेको छ । घाइतेको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

सडकबाट पल्टिएर सल्लाको रुखमा अड्किँदासम्म जिपभित्रै रहेका यात्रु बाँचेका हुन् । जिपबाट खसेका सुनारको केही तल शव भेटिएको घटनास्थलमा पुगेका इलाका प्रहरी दरबाङका निरीक्षक सन्तोष पौडेलले जानकारी दिए । रासस

प्रकाशित मिति: १२:५९ बजे, शुक्रबार, साउन १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्