सिन्धुलीमा सेवानिवृत्त कर्मचारी सम्मानित
सिन्धुली, साउन १५ : सिन्धुलीमा सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरिएको छ। आज बिहान नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सेवानिवृत्त भएका १९ व्यक्तिलाई...
सिन्धुली, साउन १५ : सिन्धुलीमा सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरिएको छ। आज बिहान नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सेवानिवृत्त भएका १९ व्यक्तिलाई सम्मान गरिएको हो।
शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ का अवसरमा जिल्लामा रहेका सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीलाई सङ्गठनले सम्मान गरेको बताइएको छ। सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दोसल्ला ओढाएर सम्मान गरेका थिए।
न्यौपानेले नियम कानूनका आधारमा सेवा लिन आउने जनतालाई केन्द्र विन्दुमा राखेर कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने बताए। उनले भने, ‘राज्यले निर्धारण गरेको कर तिर्न तयार रहने जनता र तिनै जनताको करबाट सेवासुविधा लिने कर्मचारीले नागरिकलाई सन्तुष्ट पार्दै सेवा प्रवाह गर्न सक्नु पर्दछ।’
सो अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले अक्षयकोषको स्थापना गरेको छ । रु. १ लाख १ हजारको कोष स्थापना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिए।
कुनै पनि कर्मचारीको दुर्घटना वा मृत्यु भए रु २५ हजार, दुर्घटनामा घाइते भएमा उपचार खर्च रु १५ हजार, रु १० हजार थप उपचार खर्च र गम्भीर प्रकृतिको रोग लागेमा रु १० हजार सहयोग गरिने उनको भनाइ छ ।
सङ्गठनमा आबद्ध सदस्यले वार्षिक रु ५० तिर्नुपर्ने उहाँले बताए। यस कोषले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी विपद्मा परेका विपन्न नागरिकलाई पनि सहयोग गर्ने उनले जानकारी दिए।











