गाडी खाल्डोमा खस्दा एकको मृत्यु, पाँच घाइते
धनुषा, साउन १५ : धनुषामा पिकअप भ्यान खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।आज बिहान ज-२०-०२-०००१...
धनुषा, साउन १५ : धनुषामा पिकअप भ्यान खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना गम्भीर घाइते भएका छन्।
आज बिहान ज-२०-०२-०००१ ख ००३५ नम्बरको स्कार्पिओ जनकपुर ढल्केबर सडक खण्डअन्तर्गत लक्ष्मीनिया गउँपालिकास्थित सपहीमा राजमार्गमा पुल निर्माण गर्न खनिएको खाल्डोमा खसेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान ५ बजे ढल्केवरबाट जनकपुर तर्फ जाँदै गरेको स्कार्पिओ खाल्डोमा खस्दा महोत्तरीको भंगहा नगरपालिका ९ बस्ने दीपक यादवको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका पाँच जनाको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: ०८:१५ बजे, शुक्रबार, साउन १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











