Kathmandu Press

बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

काठमाडौं, साउन १४ : बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर...
बैंकिङ कसुर मुद्दामा फरार खड्का पक्राउ

काठमाडौं, साउन १४ : बैंकिङ कसुर मुद्दाका फरार एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले नौ लाख जरिवाना गरेपछि फरार रहेका काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–२ का ४६ वर्षीय राम खड्कालाई बुधबार हात्तिगौँडाबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको वि.सं २०७८ वैशाख १४ गतेको फैसलापछि नौ दिन कैद र बिगो बमोजिम नौ लाख जरिवाना ठहर गरेपछि फरार रहेका खड्कालाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका खड्काले आफ्नो एनआइसी एशिया बैंक लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए ।  

उच्च अदालतले खड्कालाई बैंकिङ कसूर तथा सजाय ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो । पक्राउ परेका खड्कालाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । 

प्रकाशित मिति: १८:४४ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्