Kathmandu Press

एकै दिन पाँचजना मृत अवस्थामा भेटिए    

काठमाडौं, साउन १४ : महोत्तरी, कास्की, बर्दिया, मकवानपुर र कपिलवस्तुमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिसोर यादवको छोरा ५ वर्षीय...
एकै दिन पाँचजना मृत अवस्थामा भेटिए    

काठमाडौं, साउन १४ : महोत्तरी, कास्की, बर्दिया, मकवानपुर र कपिलवस्तुमा एकएकजना मृत अवस्थामा भेटिएका छन्।

महोत्तरीको रामगोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिसोर यादवको छोरा ५ वर्षीय रितेश कुमार यादव घरबाट ५० मिटर टाढा रहेको फुलबारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। फुलबारीमा रहेको केराको बोटनजिक कुहिएको परालले छोपेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। 

कास्कीकोे पोखरा महानगरपालिका–१० स्थित रङगशालाको २ नम्बर गेट अगाडि घरमा  व्याट्री तथा वाईरिङ वर्कसप सञ्चालन गरी बस्ने भारत घर भएका ६५ वर्षीय असागर वासे आफ्नै वर्कसपको कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

बर्दियाको बारबर्दिया नगरपालिका–४ जगतिया बस्ने ७१ वर्षीया लौटी थारु घरबाट करिब १ सय मिटर टाढा रहेको पानी जमेको खाल्डोमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्। मंगलबार घरबाट निस्कीएकोमा अवेरसम्म नफर्किएपछि खोजी गर्नेक्रममा उक्त खाल्डोमा घोप्टो अवस्थामा उनको शव फेला परेको हो । 

मकवानपुरको गढी गाउँपालिका–६ बागदली बस्ने ४२ वर्षीया तुलसी माया घलान सोही गाउँपालिका(४ निसान खोरियास्थित सामरी खोलामा बिहीबार मृत अवस्थामा फेला परेकी छन् । 

कपिलवस्तुको शिवराज नगरपालिका–५ बस्ने ५० वर्षीय अब्दुल हुसेन मुसलमान सोही नगरपालिका(२ हरट्ठीस्थित सुरई खोलाको किनारमा सडिगलेको अवस्थामा बिहीबार मृत फेला परेका प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १८:१४ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्