Kathmandu Press

पल र पूजा हेलिकप्टर चढेर फिल्मको शुभारम्भमा

काठमाडौं, असार २४ : पल शाह र पूजा शर्मा हेलकप्टर चढेर फिल्मको शुभारम्भमा पुगेका छन्।

आज गोरखाको मनकामनामा फिल्मको शुभारम्भ थियो। पल र पूजाको....

पल र पूजा हेलिकप्टर चढेर फिल्मको शुभारम्भमा

काठमाडौं, असार २४ : पल शाह र पूजा शर्मा हेलकप्टर चढेर फिल्मको शुभारम्भमा पुगेका छन्।

आज गोरखाको मनकामनामा फिल्मको शुभारम्भ थियो। पल र पूजाको जोडी हेलिकप्टरमा मनकामना पुगेका थिए।

Hardik ivf

उनीहरूले मनकामना मन्दिरमा पूजा गरेसँगै दीयो बालेर फिल्म ‘म यस्तो गीत गाउछु–२’को शुभारम्भ गरिएको छ। अभिनेता पल शाहले पहिलो फिल्मलाई झै यो फिल्मलाई पनि माया गरिदिन आग्रह गरे।

पहिलो फिल्म ‘म यस्तो गीत गाउँछु’ बाट नै यो जोडी हिट बनेको थियो। त्यसको दुई वर्षपछि ‘म यस्तो गीत गाउँछु–२’ मार्फत पर्दामा देखिन लागेका हुन्।

पहिलो फिल्मको सफलतासँगै सिक्वेलको निर्माणको घोषणा गरिएको थियो। तर निर्देशक सुदर्शन थापा ‘रामकहानी’ र ‘सम्हालिन्छ कहिले मन’मा व्यस्त भएपछि ढिलाइ भएको थियो।

यहि भदौमा छायांकनमा जाने ‘म यस्तो गीत गाउँछु–२’को रिलिज फागुन २३ गते रिलिज हुनेछ।

प्रकाशित मिति: १४:५२ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्