अवैध तरिकाले ल्याइएको भारतीय रुपैयाँसहित पक्राउ
मोरङ, साउन १४ : भारतबाट अवैध रुपमा लुकाएर ल्याएको १ लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई बिहीबार बिहान...
मोरङ, साउन १४ : भारतबाट अवैध रुपमा लुकाएर ल्याएको १ लाख २४ हजार भारतीय रुपैयाँसहित विराटनगर महानगरपालिका–१७ मटेरुवा चोकबाट २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा भारत जोगमुनी अहमदपुर-१६ बस्ने ३० वर्षीय मोहम्मद इमरान र २० वर्षीय मोहम्मद कुबेर रहेका छन्। अस्थायी प्रहरी पोष्ट मटेरुवाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई २ हजार दरका ७ थान, ५ सय दरका १ सय ९४ थान, २ सय दरका ४७ थान र १ सय दरका ३६ थान गरी उक्त भारतीय रुपैयाँ सहित पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय इटहरी पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रकाशित मिति: १७:२७ बजे, बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












