भोलिको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने
काठमाडौं, साउन १४ : प्रतिनिधि सभाको बैठक भोलि (शुक्रबार) अपराह्न १ बजेका लागि बोलाइएको छ। त्यसका लागि आज (बिहीबार) संसद सचिवालयले सम्भावित कार्यक्रमको...
काठमाडौं, साउन १४ : प्रतिनिधि सभाको बैठक भोलि (शुक्रबार) अपराह्न १ बजेका लागि बोलाइएको छ। त्यसका लागि आज (बिहीबार) संसद सचिवालयले सम्भावित कार्यक्रमको सूचना प्रकाशन गरेको छ।
संघस्य संसदका महासचिव डा. भरतराज गौतमद्वारा जारी सूचनामा भोलिको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल सरकारको आर्थिक वर्ष २०७६/७७ काे वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको उल्लेख छ।
संविधानको धारा ५३ एवं सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ को दफा ४१ बमोजिमको प्रतिवेदन पेस गर्न लागिएको सूचनामा जनाइएको छ।

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











