Kathmandu Press

उपत्यकामा थपिए ८६० कोरोना संक्रमित

काठमाडौं , साउन १४ : काठमाडौं उपत्यकामा थप ८६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौंका...
उपत्यकामा थपिए ८६० कोरोना संक्रमित

काठमाडौं , साउन १४ : काठमाडौं उपत्यकामा थप ८६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीका अनुसार काठमाडौंका ५९७ जना, ललितपुरका १५५ जना र भक्तपुरका १०८ जना  संक्रमित छन्।

काठमाडौं उपत्यकामा अहिले  ८४४१ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा मात्रै ५ हजार ९३८, ललितपुरमा १ हजार ३९४ र भक्तपुरमा १ हजार १ सय ९ जना सक्रिय संक्रमित छन्।

प्रकाशित मिति: १६:२४ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्