Kathmandu Press

‘झिङ्गेदाउ’मा मुकुन र केकीको जोडी

काठमाडौं, असार २४ : पहिलो फिल्म ‘बुलबुल’को चोपेन्द्रबाट नै सफलता हासिल गरेका मुकुन भुषाल चाँडै नै दोस्रो फिल्ममा देखिने भएका छन्।

<....
‘झिङ्गेदाउ’मा मुकुन र केकीको जोडी

काठमाडौं, असार २४ : पहिलो फिल्म ‘बुलबुल’को चोपेन्द्रबाट नै सफलता हासिल गरेका मुकुन भुषाल चाँडै नै दोस्रो फिल्ममा देखिने भएका छन्।

‘मुना मदन’, ‘दागबत्ति’, ‘गोर्खाली’जस्ता सफल फिल्म निर्देशन गरिसकेका निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘झिङ्गदाउ’ मुकुन देखिने भएका हुन्। करिब तीन वर्षपछि उनी ‘झिँगेदाउ’ फिल्मबाट निर्देशनमा फर्किन लागेका हुन्।

भदौदेखि छायांकनमा जाने फिल्मको लिडमा मुकुन र केकी अधिकारीको जोडी देखिने छ। केकीलाई भरखरै र मुकुनलाई दुई महिना अघि नै अनुबन्ध गरिएको थियो।

साहित्यकार भीमनिधि तिवारीको कालजयी कथामा आधारित रहेर ‘झिँगेदाउ’ निर्माण गर्न लागिएको जनाएको छ।

कपनगढी सिनेमा प्रा.लिको ब्यानरमा निर्माण हुने फिल्मलाई निर्देशक देउजाले नै निर्माण गर्न लागेका हुन्। यो फिल्म सिन्धुली, खोटाङ, दोलखा र काठमाडौंमा छायांकन गरिने जनाएको छ।

प्रकाशित मिति: १४:५५ बजे, मंगलबार, असार २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्