Kathmandu Press

झापामा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

दमक, साउन १४ : झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई...
झापामा कोरोना संक्रमणबाट एकैदिन पाँच जनाको मृत्यु

दमक, साउन १४ : झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १०१ वर्षीय वृद्धसहित पाँच व्यक्तिको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन महिला र दुई पुरुष छन्।

मृत्यु हुनेमा कमल गाउँपालिकाका १०१ वर्षीय वृद्धसहित सोही पालिकाका ८१ वर्षीय वृद्ध, भद्रपुरका ७० वर्षीय वृद्ध, दमककी ६२ वर्षीया महिला र बुद्धशान्तिकी ५९ वर्षीया महिलाको पनि मृत्यु भएको जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ। यससँगै झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४४२ पुगेको छ। यसअघि मङ्गलबार झापामा चार जनाको मृत्यु भएको थियो।

कोरोनाबाट धेरै मृत्यु हुनेमा बिर्तामोडका छन्। त्यहाँ ५८ जनाको मृत्यु भइसकेको छ भने दमक, मेचीनगर, भद्रपुर, बुद्धशान्ति, अर्जुनधारा, शिवसताक्षी, कमलमा सङ्क्रमणबाट मृत्यु हुने धेरै रहेको स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले बताए। झापामा कोरोना सङ्क्रमितको कूल सङ्ख्या २१ हजार ६२० पुगेको छ।
 

प्रकाशित मिति: १६:०४ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्