Kathmandu Press

विभिन्न जिल्लामा १० जना मृत अवस्थामा फेला

विभिन्न जिल्लामा १० जना मृत अवस्थामा फेला

काठमाडौं, साउन १४ : काठमाडौंमा दुई, सुनसरीमा एक, भोजपुरमा दुई, गोर्खामा एक, धादिङमा एक, झापामा एक, ताप्लेजुङमा एक र कपिलवस्तुमा एक गरी १० जना मृत अवस्थामा भेटिएका छन्। 

काठमाडौं महानगरपालिका–१५ स्वयम्भु कारखाना चोक डेरा गरी बस्ने मोरङ बेलबारी नगरपालिका–३ घर भएकी ४० वर्षीया निला ताम्ली र उनकै सालनाल सहितको शिशु बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

सुनसरीको धरान उपमहानगरपालिका–५ सुन्दरबस्ती बस्ने ४७ वर्षीय विनोद कुमार लिम्बु आफ्नै घरको शौचालयको छेउमा रहेको पानी ट्यांकीभित्र बुधबार मृत अवस्थामा फेला परेका छन्।

ईलाका प्रहरी कार्यालय धरान र अस्थाई प्रहरी पोष्ट देउरालीबाट खटिगएको प्रहरी टोलीले उक्त घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ। 

भोजपुरको षडानन्द नगरपालिका–४ साङराङ बस्ने ५४ वर्षीय शुक्र सार्की आफ्नै घरदेखि करिब ५० मिटर टाढा बाटो छेउमा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

भोजपुरकै षडानन्द नगरपालिका–१२ मुडुलागाँउ बस्ने ६७ वर्षीय तुलसी पाण्डे आफ्नै घरदेखि करिब ३ सय मिटर टाढा गोरेटो बाटोमा बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

त्यस्तै गोरखा नगरपालिका–८ आलेगाँउस्थित बहिनीको घरमा बस्दै आएका बारपाक सुलिकोट गाउँपालिका–३ स्वँरा घर भएका ४५ वर्षीय चन्द्रबहादुर भट्ट बहिनीको घरअगाडि बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन्।       

धादिङको धुनीबेंसी नगरपालिका–३ कुसुन्डे बस्ने २८ वर्षीय बिकास मगर आफ्नै घरको कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

झापाको अर्जुनधारा नगरपालिका–२ सहकालेस्थित टाङटिङ खोलाको ढुंगामा अर्जुनधारा नगरपालिका–२ बस्ने ७० वर्षीय दल बहादुर समाल मगर बुधबार मृत अवस्थामा फेला परेका छन्। 

ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ सुर्के बस्ने ६० वर्षीया छेम्गेम शेर्पा बुधबार मृत अवस्थामा फेला परेकी छन्। सोही ठाउँस्थित तामाङ गाँउबाट घर फर्किने क्रममा सुर्के खोलाले बगाएपश्चात खोजी गर्ने क्रममा घटनास्थलदेखि करिब सय मिटर टाढा उनको शव फेला परेको हो। 

कपिलवस्तु नगरपालिका–३ सिकटवास्थित बाटोमा  हाल नाम, थर, वतन नखुलेका करिब ४६ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। 
 

प्रकाशित मिति: १३:५१ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्