Kathmandu Press

नक्कली कागजात पेस गरी नागरिकता निकाल्ने एक भारतीयसहित दुईजना पक्राउ

वीरगञ्ज, साउन १४ : नक्कली कागजात पेस गरी नागरिकता बनाएको आरोपमा प्रहरीले एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको छ। उनीहरुले बाबुछोरी भएको नक्कली कागजात...
नक्कली कागजात पेस गरी नागरिकता निकाल्ने एक भारतीयसहित दुईजना पक्राउ

वीरगञ्ज, साउन १४ : नक्कली कागजात पेस गरी नागरिकता बनाएको आरोपमा प्रहरीले एक भारतीयसहित दुईजनालाई पक्राउ गरेको छ। उनीहरुले बाबुछोरी भएको नक्कली कागजात प्रशासनमा पेस गरेर नागरिकता लिएका थिए

प्रहरीले पर्साको बहुदरमाई नगरपालिका–२ बस्ने ५१ वर्षीय धुरुपप्रसाद पटेल र भारत घर भई हाल बहुदरमाई–२ बस्ने कविताकुमारी भन्ने २८ वर्षीया सीता पटेल पक्राउ गरेको हो

झुटो विवरण पेस गरेर नागरिकता लिएको सूचना प्राप्त भएपछि अनुसन्धान अनुसन्धान अघि बढाएको र त्यसमा संलगन दुवै जनालाई 
वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बुधबार बिहान वीरगन्जबाट नियन्त्रणमा लिएको जनाइएको छ।

प्रहरीले सीताले बोकेको ब्यागमा जिल्ला प्रशासन कार्यालय पर्साबाट ०७० पुस ११ गते जारी गरिएको ३४–०१–७०–१०३५२ नम्बरको नागरिकता प्रमाणपत्रको प्रतिलिपि भेटिएको प्रहरीले जनाएके छ।

नागरिकता निकाल्न साबिक बैरियाबिर्ता दा.पु. गाविस–९ निवासी धुरुपप्रसाद पटेलकी छोरी कविताकुमारी भन्ने झुटो विवरण पेस गर्ने सीता र बुबा बनी सनाखत गरिदिने ५१ वर्षीय धुरुपप्रसादलाई श्रीपुरबाटै नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ।

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १३:३५ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्