Kathmandu Press

दुई थान एकनाले भरूवा बन्दुक बरामद

सिन्धुपाल्चोक, साउन १४ प्रहरीले सिन्धुपाल्चोकमा दुई थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ।भोटेकोसी गाउँपालिका–३ स्थित तारिङ्गा जंगलबाट ती बन्दुक बुधबार साँझ प्रहरीले बरामद गरेको...
दुई थान एकनाले भरूवा बन्दुक बरामद

सिन्धुपाल्चोक, साउन १४ प्रहरीले सिन्धुपाल्चोकमा दुई थान एकनाले भरूवा बन्दुक बरामद गरेको छ।

भोटेकोसी गाउँपालिका–३ स्थित तारिङ्गा जंगलबाट ती बन्दुक बुधबार साँझ प्रहरीले बरामद गरेको हो।

लोड गरी बेवारिसे अवस्थामा राखेको उक्त बन्दुक अस्थाई प्रहरी पोष्ट बोक्चेनबाट खटिएको प्रहरीले फेला पारी बरामद गरेको हो ।

त्यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:५२ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्