अवैध लागूऔषधसहित चारजना पक्राउ
काठमाडौं, साउन १४ : मकवानपुरमा दुई, पर्सामा एक र बाँकेमा एक गरी चारजना अवैध लागूऔषधसहित पक्राउ परेका छन्।मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बाट करिब ८०...
काठमाडौं, साउन १४ : अवैध लागूऔषधसहित मकवानपुरमा दुई, पर्सामा एक र बाँकेमा एक गरी चारजना पक्राउ परेका छन्।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ बाट करिब ८० केजी अवैध लागूऔषध गाँजासहित बिहीबार बिहान राक्सिराङ गाउँपालिका–६ बस्ने ४३ वर्षीय ललित तामाङ र चितवन भरतपुर महानगरपालिका–२० चनौली बस्ने ३८ वर्षीय रोशन परियार पक्राउ परेका छन्।
चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा११ च ९५०९ नम्बरको स्कारपियोलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्कारपियोको पछाडि भागमा लुकाई ल्याउँदै गरेको उक्त गाँजासहित फेला पारी स्कारपियो चालक रोशन र स्कारपियोमा सवार ललितलाई पक्राउ गरेको हो ।
त्यसैगरी पर्साको वीरगंज महानगरपालिका–१६ शंकराचार्य गेटबाट ५ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने खैरो पदार्थसहित पटेर्वासुगौली गाउँपालिका–४ अकुवा बस्ने २८ वर्षीय गोविन्द पंजियारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको प्रशरीले जनाएको छ।
बाँकेको नेपालगंज उपमहानगरपालिका–१५ जमुनाह चेकपोइन्टबाट नियन्त्रित लागूऔषध ५९ ट्याब्लेट नाइट्रोभेट र १६ ट्याब्लेट स्तास सहित सुर्खेत घर भएका १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको प्रहरीको भनाइ छ।











