Kathmandu Press

तीन केजी यार्सागुम्बासहित एकजना पक्राउ

दार्चुला, साउन १४ : दार्चुलामा ३ केजी यार्सागुम्बासहित पक्राउ एकजना पक्राउ परेका छन्।दुहु गाउँपालिका–३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बा सहित व्यास गाउँपालिका–३...
तीन केजी यार्सागुम्बासहित एकजना पक्राउ

दार्चुला, साउन १४ : दार्चुलामा ३ केजी यार्सागुम्बासहित पक्राउ एकजना पक्राउ परेका छन्।

दुहु गाउँपालिका–३ तिमुरपाटाबाट ३ केजी अबैध जडिबुटी यार्सागुम्बा सहित व्यास गाउँपालिका–३ सिना बस्ने २४ वर्षीय ग्रेस सिंह कुँवरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

सदरमुकाम खलङगातर्फ पैदल आउँदै गरेका उनलाई प्रहरी चौकी ब्रह्रमदेवबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त यार्सागुम्बा सहित फेला पारी पक्राउ गरेको हो । 

बरामद यार्सागुम्बासहित उनलाई आवश्यक कारबाहीको लागि अपिनाम्पा संरक्षण क्षेत्र दार्चुला पठाइएको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्