Kathmandu Press

काठमाडौंमा जुवाको खालबाट पाँच जना पक्राउ

काठमाडौं, साउन १४ : महानगरीय प्रहरी वृत बौद्धले काठमाडौंको नारायणटारबाट जुवाको खालबाट नगदसहित पाँच जनालाई पक्राउ गरेको छ।गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा...
काठमाडौंमा जुवाको खालबाट पाँच जना पक्राउ

काठमाडौं, साउन १४ : महानगरीय प्रहरी वृत बौद्धले काठमाडौंको नारायणटारबाट जुवाको खालबाट नगदसहित पाँच जनालाई पक्राउ गरेको छ।

गोकर्णेश्वर नगरपालिका-६ नारायणटारस्थित गङ्गाप्रसाद मणिकर्मीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले तीन लाख ५९ हजार नगदसहित पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी रमेश बस्नेतले बताए।

मणिकर्मीको घरमा डेरा गरी बस्ने २७ वर्षीय ओम तामाङले आफ्नै कोठामा जुवा खेलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले तामाङसहित पाँच जनालाई पक्राउ गरेको हो। प्रहरी टोली जुवा खेलिरहेको ठाउँमा पुगेको थियो।

जुवा खालबाट प्रहरीले नगदसहित तीन बुक तास बरामद गरेको छ। पक्राउ परेका निजहरुलाई थप अनुसन्धान गरी म्याद थपको लागि लैजाने तयारी भएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: ०६:५१ बजे, बिहीबार, साउन १४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्