हंगेरी सरकारद्वारा स्वास्थ्य सामग्री सहयोग
काठमाडौं, साउन १३ : कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई हंगेरी सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ। हाज (बुधबार) नेपालका लागि हंगेरीका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य...
काठमाडौं, साउन १३ : कोरोना संक्रमणविरुद्ध लड्न नेपाललाई हंगेरी सरकारले स्वास्थ्य सामग्री सहयोग गरेको छ।
आज (बुधबार) नेपालका लागि हंगेरीका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन्।
‘हंगेरीका जनताद्वारा प्राप्त स्वास्थ्य सामग्रीले नेपालमा कोभिड १९ विरुद्ध अग्रपंक्तिमा रहेर काम गर्ने व्यक्तिहरुका लागि सहयोगीसिद्ध हुने अपेक्षा राखेका छौं,’ नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रकाशित मिति: १७:४८ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











