Kathmandu Press

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

बर्लिन, साउन १३ : जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताएका छन् । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीले खोप अभियानलाई प्राथमिकतामा राखेको उनले बताएका हुन्। 

स्पानका अनुसार ४ करोड १८ लाख जर्मन हाल पूर्णरुपमा सुरक्षित भएका छन् । जर्मनीको कूल जनसंख्या ८ करोड ३० लाख भन्दा बढी छ। जर्मनीको आधा जनसंख्या भनेको ४ करोड १५ लाख भन्दा बढी हो। 

त्यस्तै ६१.१ प्रतिशतले जर्मन नागरिकले कम्तीमा एक डोज खोप प्राप्त गरेको पनि उनले बताएका छन्। प्रायः सबैले नागरिकले शरद र जाडो मौसमसम्म खोप लिने पनि स्पानले ट्विटरमा लेखेका छन्। 

जर्मनीमा कोरोना भाइरस शुरु भएदेखि हालसम्म  ३७ लाख ६६ हजार ५०१ व्यक्ति सङ्क्रमित भएका छन्। कोरोना सङ्क्रमणको कारण ९१ हजार ५९२ व्यक्तिको मृत्यु भएको यहाँका सरकारी अधिकारीहरुले जानकारी दिएका छन्। 
 

प्रकाशित मिति: १७:०९ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्