Kathmandu Press

बालाजुस्थित थ्रिडी सोफा फ्याक्ट्रीमा भीषण आगलागी

काठमाडौं, साउन १३ : काठमाडौंको बालाजुस्थित थ्रिडी सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।आज (बुधबार) दिउँसो ४ बजेतिर फ्याक्ट्रीमा आगो लागेको महानगरीय प्रहरी वृत्त...
बालाजुस्थित थ्रिडी सोफा फ्याक्ट्रीमा भीषण आगलागी
तस्बिर : सञ्जीव महर्जनको फेसबुकबाट

काठमाडौं, साउन १३ : काठमाडौंको बालाजुस्थित थ्रिडी सोफा फ्याक्ट्रीमा भीषण आगलागी भएको छ।

आज (बुधबार) दिउँसो ४ बजेतिर फ्याक्ट्रीमा आगो लागेको महानगरीय प्रहरी वृत्त बालाजु जानकारी दिएको छ। 

वृत्तका अनसार आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। वरिपरिका घरहरूलाई सुरक्षित बनाइएको जनाइएको छ।

चारवटा दमकलसहित प्रहरी, सशस्त्र प्रहरी र  स्थानीय आगलागी नियन्त्रणमा लिने प्रयासमा छन्। 

आगलागीको कारण खुलिनसकेको वृत्तले जनाएको छ। 

प्रकाशित मिति: १६:५१ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्