Kathmandu Press

जीवित कछुवासहित फर्पिङबाट तीनजना पक्राउ

काठमाडौं, साउन १३ : प्रहरीले फर्पिङबाट जीवित कछुवासहित तीनजनालाई पक्राउ गरेको छ।केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट उनीहरूलाई पक्राउ गरेको हो।उनीहरू मंगलबार...
जीवित कछुवासहित फर्पिङबाट तीनजना पक्राउ

काठमाडौं, साउन १३ : प्रहरीले फर्पिङबाट जीवित कछुवासहित तीनजनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले दक्षिणकाली नगरपालिका–६ फर्पिङबाट उनीहरूलाई पक्राउ गरेको हो।

उनीहरू मंगलबार पक्राउ परेको प्रहरीले जनाएकाे छ। 

पक्राउ पर्नेमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ का २६ वर्षीय विशाल सुनार, ४१ वर्षीय विक्रम सुनार र मोरङको उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय भुवन राईलाई रहेको प्रहरीले जनाएको छ।

प्रहरीले अवैधरूपमा संरक्षित वन्यजन्तु अवैध रूपमा ओसारपसार तथा बेचबिखन गर्न लागेको भन्ने विशेष सूचना पाएपछि खटिएको टोलीले उनीहरूबाट सरिसृप पहेंलो रंगको जीवित कछुवा बरामद गरेको हो।

थप अनुसन्धानका लागि उनीहरूलाई डिभिजन वन कार्यालय हात्तीसार काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १४:२० बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्