गृहमन्त्री खाणले दिए गण्डकी प्रदेश प्रमुखलाई बधाई
काठमाडौं, साउन १३ : गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । नवनियुक्त प्रदेश...
काठमाडौं, साउन १३ : गृहमन्त्री बालकृष्ण खाणले नवनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
नवनियुक्त प्रदेश प्रमुख गुरुङलाई आज बिहान भेटेर गृहमन्त्री खाणले सफल कार्यकालको शुभकामना व्यक्त गरेका हुन्। मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेश प्रमुखमा पृथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका नवनियुक्त प्रदेश प्रमुख गुरुङ चितवन निवासी हुन् ।
प्रकाशित मिति: १३:१३ बजे, बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











