Kathmandu Press

सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं, साउन १३ : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।काभ्रेको रोशी गाउँपालिका–९ तिनथले बेंसीस्थित सडकमा बा५ख ४७०२ नम्बरको...
सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु

काठमाडौं, साउन १३ : विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ।

काभ्रेको रोशी गाउँपालिका–९ तिनथले बेंसीस्थित सडकमा बा५ख ४७०२ नम्बरको टिपर अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार रामेछाप सुनापाती गाउँपालिका–५ बस्ने ३३ वर्षीय भिमसेन यसमाली मगरको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको धुलीखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएका २ जनामध्ये १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ भन्ने टिपर चालक ३६ वर्षीय कृष्णबहादुर रानामगरलाई सोही अस्पताल हुँदै थप उपचारका लागि बिएण्डबि अस्पताल ललितपुर रिफर गरिएको छ । 

मुगुको छायानाथ रारा नगरपालिका–१४ बामस्थित सडकमा लु१ज ४१०२ नम्बरको जिप दुर्घटना हुँदा जिपका सहचालक हुम्ला चंखेलि गाउँपालिका–३ बस्ने २४ वर्षीय हर्क ऐडीको मंगलबार दिउँसो मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते भएका जिप चालक सोही ठाउँ बस्ने २८ वर्षीय बल बहादुर रोकायको सोही अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै कालीकोटको शुभकालिका गाउँपालिका–१ एसमोडस्थित सडकमा ना७ख ९५१६ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।

मृत्यु हुनेहरुमा ट्रक चालक बैतडी भूूमिराज घर भएका ३२ वर्षीय दिपक साउद र बाजुरा घर भएका ३६ वर्षीय रमेश बहादुर शाही रहेका छन्। 

झापाको दमक नगरपालिका–४ स्थित सडकमा प्रदेश २–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकललाई ना४ख ८७३० नम्बरको ट्रकले मंगलबार राति ठक्कर दिँदा दुुइर्जनाको मृत्यु भएको छ।

मृत्यु हुनेहरुमा मोटरसाइकल चालक कन्काई नगरपालिका–३ बस्ने ४३ वर्षीय पुर्ण बहादुर विष्ट र मोटरसाइकलमा सवार उनकै पत्नी ३६ वर्षीया भिमा विष्ट रहेका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको लाइफ लाइन अस्पताल दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।  ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्