Kathmandu Press

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

 झापा, साउन १३ : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कनकाई...
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

 झापा, साउन १३ : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा कनकाई नगरपालिका–३ का होटल व्यवसायी ४३ वर्षीय पूर्णबहादुर विष्ट र उनकी ३६ वर्षीया श्रीमती भीमा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृतक दम्पती सुुरुङ्गास्थित होटल हेवनका सञ्चालक रहेको बुझिएको छ।

प्रहरीका अनुसार राति १० बजेतिर पूर्वतर्फ आउँदै गरेको प्र२–०३–०१३प ४७८७ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना४ख ८७३० नम्बरको ट्रक एकापसमा जुधेको थियो। 

ठक्करबाट घाइते दम्पतीलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। प्रहरीले दुर्घटनामा संलग्न ट्रक र ट्रकका चालक मोरङ जिल्ला विराटनगर बस्ने सुजन थापालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: ०९:३८ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्