Kathmandu Press

भरुवा बन्दुक राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

खोटाङ, साउन १३ : भरुवा बन्दुक राखेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।घरमा अवैधरूपमा हातहतियार...
भरुवा बन्दुक राखेको आरोपमा वडा सदस्यसहित तीन जना पक्राउ

खोटाङ, साउन १३ : भरुवा बन्दुक राखेको आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकाका वडा सदस्यसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

घरमा अवैधरूपमा हातहतियार (भरुवा बन्दुक)सहित खरखजना लुकाएर राखेको भनी स्थानीय बासिन्दाले दिएको गोप्य सूचनाका आधारमा वडा सदस्य परशुराम बानियाँसहित तीन जनालाई प्रहरीले घरैबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा वडा सदस्य परशुरामका छिमेकी ६९ वर्षीय मदनबहादुर बानियाँ र ३३ वर्षीय मिलन बानियाँ रहेका प्रहरीले जनाएको छ। पक्राउ परेका वडा सदस्यसहित तीनै जनाविरुद्ध अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा दर्ता गरी हिरासतमा राखेर कारवाहीको प्रक्रिया शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक सागर साहले जानकारी दिए।

पक्राउ परेका वडा सदस्य परशुरामको घरबाट लोड नगरेको एक थान भरुवा बन्दुक तथा मदनबहादुरको घरबाट छर्रा र बारुदसमेत लोड गरेको एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने १५० ग्राम बारुद, ४०० ग्राम धातुका छर्रा र सलाई तथा मिलनको घरबाट छर्रा, बारुद लोड गरेको एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।

एउटै गाउँका तीन जनाको घरबाट अवैधरुपमा राखिएको भरुवा बन्दुकसहित खरखजना बरामद गरिएपछि उक्त घटनाका बारेमा थप अनुसन्धान गर्न जिल्ला अदालत खोटाङबाट सात दिनको म्याद थप अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी प्रहरी नायब उपरीक्षक उमेश लम्सालले जानकारी दिए।

वडा सदस्य परशुरामको घरबाट बरामद गरिएको भरुवा बन्दुकको जिल्ला प्रशासन कार्यालय खोटाङले प्रदान गरेको अनुमतिपत्र रहेको जनाइएको छ। अन्य दुई जनाको भरुवा बन्दुकको भने अनुमतिपत्रसमेत नरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: ०७:११ बजे, बुधबार, साउन १३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्