Kathmandu Press

प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित

प्रदेश–१ मा २४ घण्टामा एक हजार २७० सङ्क्रमित

काठमाडौं, साउन १२ : प्रदेश–१ मा पछिल्लो २४ घण्टामा एक हजार २७० जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

सो अवधिमा दुई हजार ४३८ जनाको पिसीआर परीक्षण गर्दा ७११ र एक हजार ७४४ जनाको एन्टिजेन परीक्षण गर्दा ५५९ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Hardik ivf

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा झापामा २२३, मोरङमा २१७ मध्ये विराटनगरमा मात्र ७२, सुनसरीमा १८६, धनकुटामा ३१, पाँचथरमा २३, उदयपुरमा आठ, इलाममा छ, तेह्रथुममा तीन, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १३ जनामा सङ्क्रमण देखिएको छ । प्रदेशमा आज २०२ जना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा ७८ महिला र १२४ पुरुष छन् । सोही अवधिमा प्रदेशमा पछिल्लो २४ घण्टामा नौ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्