Kathmandu Press

स्याङ्जा जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्सविहीन

स्याङ्जा, असार २३ :  स्याङ्जा जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको छ।

सदरमुकाम नजिकै रहेको जिल्ला ....

स्याङ्जा जिल्ला अस्पताल एक वर्षदेखि एम्बुलेन्सविहीन
फाइल

स्याङ्जा, असार २३ :  स्याङ्जा जिल्ला अस्पतालमा रहेको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको छ।

सदरमुकाम नजिकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन।  बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म  बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ। 

Hardik ivf

पुतलीबजार नगरपालिका-३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा बिरामीले सास्ती भोग्नु परेको बताए। जिल्ला अस्पतालमा गएका बिरामीलाई थप उपचारका लागि अन्यत्र लैजानु पर्ने अवस्था आउँदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टिकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन्। 

जटिल स्वास्थ्य अवस्था भएका विरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुलेन्सको अभावमा बिरामी मर्कामा परेको श्रेष्ठले बताए। जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करीब एक वर्षदेखि एम्बुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताए। 

उनले भने,“यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन्।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए। 

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको बताए।  

शर्माले भने,“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत गर्‍यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुलेन्स माग गरिएको जानकारी उनले दिए। रासस

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्