Kathmandu Press

‘भिजिट भिसामा’को यूट्युबमा तहल्का

काठमाडौं, माघ १४ : लोकशैलीको गीतले बजार तताइरहेको बेला गत बिहीबार सार्वजनिक भएको फिल्म ‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ बोलको....

‘भिजिट भिसामा’को यूट्युबमा तहल्का

काठमाडौं, माघ १४ : लोकशैलीको गीतले बजार तताइरहेको बेला गत बिहीबार सार्वजनिक भएको फिल्म ‘दाल भात तरकारी’को ‘भिजिट भिसामा’ बोलको गीतले यूट्युबमा तहल्का मच्चाएको छ ।

रिलिजको चार दिनमै लोकशैलीको यो गीत यूट्युबको ट्रेन्डिङमा दुई नम्बरमा पर्न सफल भएको छ । अहिलेसम्म सात लाख १८ हजार चार सय १८ जनाले हेरिसकेका छन् । यो गीतको दर्शकले पनि प्रशंसा गरेका छन् ।

Hardik ivf

हरिवंश आचार्यको शब्दमा शम्भुजित बास्कोटाको संगीत रहेको ‘भिजिट भिसामा’ गीतमा अन्जु पन्त र निशान भट्टराईको स्वर रहेको छ । यसको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

यसमा हरिवंश आचार्य, निरुता सिंह, वर्षा राउत, आचल शर्मा, राजाराम पौडेल, पुष्प खड्कालाई देख्न सकिन्छ ।

यो फिल्मले दैनिक छाक टार्न यानकी साधारण दाल भात र तरकारीका लागि आम मान्छेले गर्ने सघर्षको कथा बताउँने छ ।

मह सञ्चार तथा किरण केसीको सयुंत ब्यानरमा बनेकोे मल्टिस्टार फिल्म ‘दाल, भात तरकारी’ आउदो बैशाख १३ गतेदेखि प्रदर्शनमा आउने छ ।

प्रकाशित मिति: १२:४० बजे, सोमबार, माघ १४, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्