Kathmandu Press

अष्ट्रेलियन ब्राण्डको बिम मिल्क पाउडर’ नेपाली बजारमा 

अष्ट्रेलियन ब्राण्डको बिम मिल्क पाउडर’ नेपाली बजारमा 

काठमाडौं, साउन १२ : अष्ट्रेलियन ब्राण्डको ‘बिम मिल्क पाउडर’ नेपाली बजारमा भित्रिएको छ। अस्फेक्स पार्टी लिमिटेड अष्ट्रेलियाको उत्पादन बिम विग आइसल्याण्ड मिल्कलाई नेपालका लागि आधिकारिक बिक्रेता डा. साथी हेल्थ केयरले नेपालमा आधिकारीक बिक्री–वितरण सुरु गरेको हो।

मिल्क पाउडर जन्मेदेखि २४ महिनासम्मका बच्चाका लागि उपयोगी हुने कम्पनीले जानकारी दिएको छ। डा. साथी हेल्थ केयरका सेल्स म्यानेजर रामभक्त थपलियाले कम्पनीले पहिलो पटक अष्ट्रेलियन ब्राण्डको मिल्क पाउडर नेपाल भित्राएको दाबी गरे।

Hardik ivf

‘पहिलो पटक डा. साथी हेल्थ केयरले फुड सप्लिमेन्टको रुपमा ‘बिम मिल्क पाउडर’नेपाल भित्राएको छ,’उनले भने, ‘मिल्क पाउडरको बजारमा आधिकारिक रुपमा बिक्री–वितरण सुरु भइसकेको छ।’

कम्पनीका अनुसार जन्मेदेखि ६ महिनासम्मका बच्चाका लागि ‘न्यूवर्न फर्मुला पाउडर’ ६ देखि १२ महिनासम्मका बच्चाका लागि ‘फर्मुला अन फर्मुला पाउडर’ र १२ देखि २४ महिनासम्मका बच्चाका लागि ‘टोड्लर मिल्क फर्मुला पाउडर’गरी तीन प्रकारका उत्पादन बजारमा आएको छ।  

यी पाउडर बच्चाको शारीरिक र मानसिक स्वास्थ्यका दृष्टिकोणले लाभदायक रहेको कम्पनीको भनाइ छ। गुणस्तरीय पोषक तत्वको रुपमा बच्चाहरुको तीव्र वृद्धि र विकासमा सहयोग पुर्याउने डा. साथीको भनाइ छ।

डा.साथीले यसअघि गत चैत्रमा अष्ट्रेलियन ब्राण्डकै ‘नुचुरा मिल्क पाउडर’ नेपाल भित्राएको थियो। नुचुरा पाउडर मिल्क जन्मेदेखि ३६ महिनासम्मका बच्चाका लागि उपयोगी रहेको थियो। सेल्स म्यानेजर थपलियाले यसअघि ग्राहककको उत्साहका कारण कम्पनीले पहिलो पटक बिम मिल्क पाउडर’ पनि नेपाल भित्राएको बताए।

प्रकाशित मिति: १७:५१ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्