अवैध लागूऔषधसहित तीनजना पक्राउ
काठमाडौं, साउन १२ : प्रहरीले सप्तरी र सुनसरीबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ। सप्तरीको महदेवा गाउँपालिका-४ बलियाबाट करिब १ किलो ३ सय...
काठमाडौं, साउन १२ : प्रहरीले सप्तरी र सुनसरीबाट अवैध लागूऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
सप्तरीको महदेवा गाउँपालिका-४ बलियाबाट करिब १ किलो ३ सय ग्राम अवैध लागूऔषध गाँजासहित सोही गाउँपालिका–३ बथनाहा बस्ने २३ वर्षीय आशाराम यादवलाई मंगलबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यादवले चलाएको स१०प ९४४० नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनले बोकेको झोलामा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।
त्यस्तै सुनसरीको दुहबी नगरपालिका-३ पाथिभरा पेट्रोलपम्प नजिकबाट नियन्त्रित लागूऔषध २१ बोतल डाइलेक्स डिसी र ३८ थान नाइट्रोजन ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-९ छाताबेली बस्ने २३ वर्षीय नाजिर हुसेन र सोही ठाउँ बस्ने २० वर्षीय मोहमद ईम्तिहास रहेको प्हरीले जनाएको छ।
को३३प ६२२४ नम्बरको मोटरसाइकललाई खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा लेगार्डमा झुन्ड्याई झोलामा ल्याउँदै गरेको उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो।










-1783670058.png)
