Kathmandu Press

तीनजना मृत अवस्थामा भेटिए

काठमाडौं, साउन १२  : काठमाडौं, झापा र दार्चुलामा एकएकजना गरी तीनजना मृत अवस्थामा भेटिएका छन्।काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित सडकमा हाल नाम, थर, वतन...
तीनजना मृत अवस्थामा भेटिए

काठमाडौं, साउन १२  : काठमाडौं, झापा र दार्चुलामा एकएकजना गरी तीनजना मृत अवस्थामा भेटिएका छन्।

काठमाडौं महानगरपालिका-१६ बालाजु चोकस्थित सडकमा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ। 

त्यस्तै झापाको अर्जुनधारा नगरपालिका-११ नयाँ बस्ती बस्ने ६१ वर्षीय बखत बहादुर तामाङ बिर्तामोड नगरपालिका–६ देउनीया खोलाको किनारमा मंगलबार मृत अवस्थामा फेला परेका छन्।

दुध लिन जान्छु भनी घरबाट हिँडेका उनी घर नफर्किएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी बुटाबारीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उक्त खोलाको किनारामा शव फेला परेको हो । 

त्यसैगरी दार्चुलाको महाकाली नगरपालिका-४ महाकाली नदीको किनारामा हाल नाम, थर, वतन नखुलेकी २५ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छन्। 

यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। 
 

प्रकाशित मिति: १७:३२ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्