तास खेलिरहेको अवस्थामा तीनजना पक्राउ
नवलपरासी (पूर्व), साउन १२ : प्रहरीले तास खेलिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ।विनयी त्रिवेणी गाउँपालिका खरखोलास्थित ४० वर्षीय यमबहादुर बयम्बुको घरमा तास खेलिरहेको...
नवलपरासी (पूर्व), साउन १२ : प्रहरीले तास खेलिरहेको अवस्थामा तीनजनालाई पक्राउ गरेको छ।
विनयी त्रिवेणी गाउँपालिका खरखोलास्थित ४० वर्षीय यमबहादुर बयम्बुको घरमा तास खेलिरहेको अवस्थामा उनीसहित तीनजनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुम्किबासबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ हजार ९ सय ९० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जनाइएको छ।
प्रकाशित मिति: १७:२० बजे, मंगलबार, साउन १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












