Kathmandu Press

कर्जा र निक्षेपको ब्याजदरको अन्तर दुई प्रतिशत कायम गर्न उद्योगी व्यवसायीको माग

काठमाडौं, असार २३ :  उद्योगी व्यवसायीहरुले कर्जा र निक्षेपको ब्याजदरको अन्तर दुई प्रतिशत कायम हुने गरी व्यवस्था हुनेगरी मौद्र....

कर्जा र निक्षेपको ब्याजदरको अन्तर दुई प्रतिशत कायम गर्न उद्योगी व्यवसायीको माग

काठमाडौं, असार २३ :  उद्योगी व्यवसायीहरुले कर्जा र निक्षेपको ब्याजदरको अन्तर दुई प्रतिशत कायम हुने गरी व्यवस्था हुनेगरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएका छन्।

उद्योगीहरुले उत्पादनशील क्षेत्रमा लगानी बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्नेमा पनि जोड दिएका थिए। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योगधन्दाका लागि दुई प्रतिशत ब्याजदरमा कर्जा प्रवाह हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिइन्। 

सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिका सम्बन्धमा काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियामा उनले भूकम्पले क्षति पुर्‍याएका उद्योगहरुलाई अनुदान दिने सरकारको निर्णय कार्यान्वयनमा लैजान पनि नेपाल राष्ट्र बैंकको गम्भिर ध्यानाकर्षण गराइन्।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेशकुमार अग्रवालले मुलुकको आर्थिक विकासका लागि भारतबाट आयात हुने बस्तुहरुको दायरा बढाउने गरी मौद्रिक नीति ल्याउनुपर्ने बताए।

उनले भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन पनि अब आउने मौद्रिक नीतिले भारतीय नोटहरु पनि नेपालमा प्रयोगमा ल्याउन सकिने व्यवस्था गर्न पनि नेपाल राष्ट्र बैंकलाई सुझाव दिए।  

कार्यक्रममा बैंकर अनलराज भट्टराईले नेपालमा लगानी भित्र्याउन गैरआवासीय नेपालीहरुले पनि विदेशमै रहेर नेपालमा बैंकिङ कारोबार गर्ने व्यवस्था हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका थिए।
 

प्रकाशित मिति: १७:४३ बजे, सोमबार, असार २३, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्