Kathmandu Press

लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं, साउन १२ : प्रहरीले कैलाली र पर्सामा लागूऔषधसहित दुईजना पक्राउ गरेका छन्।कैलालीको गौरीगंगा नगरपालिका-८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेसजस्तो देखिने...
लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं, साउन १२ : प्रहरीले कैलाली र पर्सामा लागूऔषधसहित दुईजना पक्राउ गरेका छन्।

कैलालीको गौरीगंगा नगरपालिका-८ गिदनियाबाट करिब ६ केजी अवैध लागूऔषध चरेसजस्तो देखिने कालो पदार्थसहित गौरीगंगा नगरपालिका-११ शिवपुर बस्ने ४० वर्षीय गोरख भन्ने गोरे धामीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हा।

सूदुरपश्चिम प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्यूरो धनगढीबाट खटिएको प्रहरीले पैदलयात्री धामीलाई शंका लागि जाँच गर्दा उनले बोकेको झोलाबाट उक्त पदार्थसहित पक्राउ गरेको हो।

थप अनुसन्धानको क्रममा उक्त लागूऔषध गोदावरी नगरपालिका-६ बस्ने ३५ वर्षीय धन बहादुर धामीको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ। उनको साथबाट नगद १ लाख २० हजार रूपैयाँ समेत बरामद भएको प्हरीले जनाउको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-४ पटेर्वाटोलबाट २७ केजी अवैध लागूऔषध गाँजा सोमबार राति प्रहरीले बरामद गरेको छ।

लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ दुई पुरुषले साथमा बोकी ल्याएका दुईवटा बोरा फाली भागी फरार भएपश्चात बोरामा रहेको परिमाणको गाँजा फेला पारी बरामद गरेको हो।

अनुसन्धानका लागि एकजनालाई नियन्त्रणमा लिई फरार रहेका व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १६:११ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्