Kathmandu Press

जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ   

काठमाडौं, साउन १२ : किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा कास्की र झापाबाट दुईजना पक्राउ परेका छन्। १९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्कीको...
जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ   

काठमाडौं, साउन १२ : किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा कास्की र झापाबाट दुईजना पक्राउ परेका छन्। 

१९ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा बस्ने माछापुच्छ्रे गाउँपालिका-२५ नयाँगाउँ घर भएका ३२ वर्षीय हर्कबहादुर विकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।

उनले ती किशोरीलाई ललाईफकाई प्रलोभनमा पारी जबरजस्ती करणी गरेको भन्ने प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

उनीउपर करणी सम्बन्धी कसूर मुद्दामा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।   

त्यस्तै १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा झापाको मेचीनगर नगरपालिका-१० गोरुहट्टी बस्ने भारत मधुवनी थाना बासोपट्टीग्राम मडिया घर भएका २२ वर्षीय सुरेन्द्र सहनीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

सुरेन्द्रले ती बालिकालाई ललाई फकाई डरत्रास देखाई पटकपटक जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यी दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ।
 

प्रकाशित मिति: १५:३२ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्