Kathmandu Press

टेलिकमका कर्मचारीद्वारा केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौं, साउन १२ : नयाँ नियमावली २०७८ लागू गरेपछि साउन ७ गतेदेखि आन्दोलनमा उत्रिएका नेपाल टेलिकमका कर्मचारीले आज (मंगलबार) देखि धर्ना सुरु गरेका...
टेलिकमका कर्मचारीद्वारा केन्द्रीय कार्यालयमा धर्ना

काठमाडौं, साउन १२ : नयाँ नियमावली २०७८ लागू गरेपछि साउन ७ गतेदेखि आन्दोलनमा उत्रिएका नेपाल टेलिकमका कर्मचारीले आज (मंगलबार) देखि धर्ना सुरु गरेका छन्।

टेलिकमको भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालयको प्रवेशद्वामै उनीहरुले धर्ना थालेका हुन्। टेलिकमका एनटिईएन,कर्मचारी युनियन तथा वर्कर्स युनियनले संयुक्त धर्ना दिएका हुन्।

२०६१ को विनियमावली परिवर्तन गरेर नयाँ जारी गर्दा खाइपाइ आएको सेवासुविधा कटौती भएको भन्दै कर्मचारीले कार्यालय हाताभित्रै विरोध कार्यक्रम गर्दै आएका थिए। टेलिकमले साउन १ गतेबाट लागुहुनेगरी नयाँ नियमावली ल्याएको थियो।

आफ्ना मागबारे व्यवस्थापन पक्षले  बेवास्ता गरेपछि आफूहरु धर्नालगायत अन्य विरोध कार्यक्रम सञ्चालन गर्न बाध्य भएको आदोलनरत पक्षको भनाइ छ। 
 

प्रकाशित मिति: १४:५८ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्