Kathmandu Press

सांसद रानामाथिको व्यवहार समस्त थारु समुदायको अपमान : गंगा चौधरी

सांसद रानामाथिको व्यवहार समस्त थारु समुदायको अपमान : गंगा चौधरी

काठमाडौं, साउन १२ : एमाले सांसद गंगा चौधरीले अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानामाथि भएको व्यवहारले समस्त थारु समुदायको अपमान भएको बताएकी छन्।

साउन १० गते भएको सो समितिको बैठकमा सांसद रानाले एमाले वरिष्ठ नेता माधवकुमार नेपालको आलोचना ग गरेका थिए। नेता पक्षीय सांसदले रानाको विरोध गरेका थिए। नेता नेपालले उनलाई ‘प्रतिगमनको मतियार, बाहिर जानुस्’ भनेका थिए। 

आज (मंगलबार) प्रतिनिधिसभाको बैठकमा उनले सोही घटनाको विरोध गरेकी हुन्। समिति बैठकमा सांसद रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उनको वाक स्वतन्त्रतामाथि हनन भएको उनको भनाइ थियो ।

‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ?’ भन्ने प्रश्न राख्दै उनले फरक विचार राख्दैमा निस्केर जा भन्न नमिल्ने तर्क उनले गरिन्।

आगामी दिनमा यस्तो घटना नदोहोउन आग्रह गर्दै उनले फेरि त्यस्तो व्यवहार प्रदर्शन भए थारु समुदायलाई स्वीकार्य नहुने बताइन्।

प्रकाशित मिति: १४:०३ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्