Kathmandu Press

पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

काभ्रेपलाञ्चोक, साउन १२ : पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ।‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड,...
पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने समझदारी पत्रमा हस्ताक्षर

काभ्रेपलाञ्चोक, साउन १२ : पाँचखाल नगरपालिकालाई ‘स्मार्ट सिटी’ बनाउने विषयको समझदारी पत्रमा हस्ताक्षर भएको छ।

‘स्मार्ट सिटी’ बनाउने विषयमा नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड, काठमाडौंबीच विभिन्न सात बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा नगरपालिकाको तर्फबाट नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड काठमाडौंका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरेका छन्। 

Hardik ivf

नगरपालिकाले सार्वजनिक निजी साझेदारीमा पाँचखाल नगरपालिकामा ‘स्मार्ट सिटी’ (सबल, सक्षम, समावेशी र सम्वृद्ध पूर्वाधार) परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने विषयका समझदारीपत्रमा हस्ताक्षर गरेको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए । 

पाँचखाल नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको ‘स्मार्ट सिटी’ निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्ययन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकासकर्ता छनौटका लागि आवश्यक सहयोग, जग्गा एकीकरण, बैंकको तर्फबाट वा बैंकको अगुवाइमा स्वपुंजी तथा ऋण लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गरी सार्वजनिक निजी साझेदारीको माध्यमबाट पाँचखाल नगरपालिकामा सुविधासम्पन्न स्मार्ट सिटी परियोजना निर्माण, विकास तथा कार्यान्वयन गर्ने उउद्देश्यले विभिन्न सात वटा बुँदालाई मुख्य आधार बनाएर समझदारी पत्रमा हस्ताक्षर गरिएको नगरप्रमुख खरेलको भनाई छ। 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, साउन १२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्