Kathmandu Press

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भीषण वर्षा हुने

काठमाडौं, साउन १२ : आज देशभर वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।विभागको...
आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भीषण वर्षा हुने

काठमाडौं, साउन १२ : आज देशभर वर्षाको सम्भावना रहेको छ भने केही स्थानमा भीषण वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १‚ बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थानमा भीषण वर्षाको सम्भावना रहेको छ। यी प्रदेशको पहाडी भेगमा पहिरो जान सक्ने र तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

आज बिहान देशभरको मौसम बदली रही प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाको आकलन छ।

प्रकाशित मिति: ०७:०४ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्