Kathmandu Press

नेपाली खेलाडी एलेक्स आज ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १२ : नेपाली खेलाडी एलेक्स शाह आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भएका छन्।उनले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। उनको...
नेपाली खेलाडी एलेक्स आज ओलम्पिकमा प्रतिस्पर्धा गर्दै

काठमाडौं, साउन १२ : नेपाली खेलाडी एलेक्स शाह आज टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्ने भएका छन्।

उनले पुरुषको एक सय मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछन्। उनको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मिनेटमा सुरु हुनेछ।

आज टोकियो एक्वेटिक सेन्टरमा हुने प्रतिस्पर्धामा एलेक्स हिट एकमा रहेका छन्। सात खेलाडी रहेको यस हिटमा एलेक्स छैटौं लेनमा प्रतिस्पर्धा गर्नेछन्।

एलेक्स रहेको हिट एकमा प्यालेस्टाइन, भुटान, माल्दिभ्स, कोसोभो, गुएना र सोलोमोन आइसल्यान्डका खेलाडी प्रतिस्पर्धी छन्।

त्यस्तै, ओलम्पिकमा सहभागी अर्की खेलाडी गौरिका सिंहले भने बुधबार प्रतिस्पर्धा गर्नेछिन्। उनले महिला ए सय मिटर फ्रीस्टाइलमै प्रतिस्पर्धा गर्नेछिन्।

प्रकाशित मिति: ०६:४७ बजे, मंगलबार, साउन १२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्