Kathmandu Press

सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु

काठमाडौं, साउन ११ : रूपन्देही र कास्कीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा लु४८प ३०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित...
सवारी दुर्घटनामा परी तीनजनाको मृत्यु

काठमाडौं, साउन ११ : रूपन्देही र कास्कीमा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ।

रूपन्देहीको तिलोत्तमा नगरपालिका–७ भलवारीस्थित सडकमा लु४८प ३०९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका–१६ बस्ने २२ वर्षीय मोहन पराजुलीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार उनकै श्रीमती २१ वर्षीया अनु पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

यस्तै कास्कीको माछापुछ्रे गाउँपालिका–६ धिताल तल्लाफेदीस्थित सडकमा लु२च २७२५ नम्बरको बोलेरो जिप र ग१२प ५९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर आइतबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा रामकृष्ण टोल बस्ने ४५ वर्षीय अर्जुन कुमार श्रेष्ठको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको फिस्टेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका(१७ बरालफिडस्थित सडकमा ग१९प ७५०९ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री पोखरा बिरौटा बस्ने स्याङ्जा फेदिखोला गाउँपालिका–४ घर भएका ५० वर्षीय खेमबहादुर गुरुङको आइतबार साँझ मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा सामान्य उपचार पश्चात घर गएकोमा अचानक टाउको दुख्यो भन्दै बेहोस भएपश्चात उपचारका लागि गण्डकी मेडिकल कलेज पठाएकोमा उपचारका क्रममा उनको मृत्यु भएको हो।

स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

प्रकाशित मिति: १७:०७ बजे, सोमबार, साउन ११, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्