करेन्ट लागेर एक पुरुषको मृत्यु
बाँके, साउन ११ : बाँकेको कोहलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।कोहलपुर नगरपालिका–१० रामनगरस्थित लक्ष्मीप्रसाद भुसाल फर्निचरमा काम गर्ने नेपालगन्ज उपमहानगरपालिका–२ बस्ने ४५...
बाँके, साउन ११ : बाँकेको कोहलपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।
कोहलपुर नगरपालिका–१० रामनगरस्थित लक्ष्मीप्रसाद भुसाल फर्निचरमा काम गर्ने नेपालगन्ज उपमहानगरपालिका–२ बस्ने ४५ वर्षीय राजु कुरेसीको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको हो।
काम गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका उनको मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १६:०६ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-(86)-1764936079.jpg)


-1764760320.jpg)