कााेराेनाले वडाध्यक्षकाे निधन, सन्धिखर्क नगरपालिका एक साता बन्द
अर्घाखाँची, साउन ११ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ का वडाध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोनाका कारण निधन भएपछि सो नगरपालिका एक साताका लागि बन्द गरिने...अर्घाखाँची, साउन ११ : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-८ का वडाध्यक्ष इश्वरी प्रसाद भुसालको कोरोनाका कारण निधन भएपछि सो नगरपालिका एक साताका लागि बन्द गरिने भएको छ।
आज (सोमबार) नगरपालिका प्रमुख कमलप्रसाद भुसालको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले आफ्नो कार्यालय र १२ वटै वडा कार्यालयका अत्यावश्यकबाहेकका सम्पूूर्ण काम साउन १७ गतेसम्म बन्द गर्ने र सबै वडा तथा नगरमा १३ दिन शोक पुस्तिका राख्ने निर्णय गरेको जनाइएको छ।
कोरोना संक्रमणको गहिरो असर देखिएपछि वडाध्यक्ष भुसालको काठमाडौंको ह्याम्स अस्पतालमा उपचार भइरहेको थियो। सोही क्रममा हिजो (आइतबार) उनको निधन भएको थियो।
६१ वर्षीय भुसाल कोरोनाले बिरामी परेपछि अर्घाखाँची अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो। अवस्था गम्भीर बन्दै गएपछि थप उपचारका लागि हेलिकप्टरबाट उनलाई काठमाडौं लगिएको नगरपालिकाले जनाएको छ।