कांग्रेस नेता भीमसेन घिमिरेकाे निधन
काठमाडौं, साउन ११ : नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको ४७ वर्षको उमेरमा निधन भएको छ।पाटन अस्पतालमा उपचाररत अवस्थामा आज (सोमबार) बिहान...
काठमाडौं, साउन ११ : नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिका सचिव भीमसेन घिमिरेको ४७ वर्षको उमेरमा निधन भएको छ।
पाटन अस्पतालमा उपचाररत अवस्थामा आज (सोमबार) बिहान पाटन अस्पतालमा घिमिरेको निधन भएको हो।
घिमिरे २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीका तर्फबाट ललितपुरको महाँकाल गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवारसमेत थिए।
नेपाल विद्यार्थी संघबाट राजनीतिक जीवन प्रारम्भ गरेका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।
उनको निधनबाट पार्टीले होनाहार युवा नेतृत्व गुमेको कांग्रेसले जनाएको छ। उनको निधनप्रति कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्।
‘नेपाली कांग्रेस जिल्ला कार्यसमिति ललितपुरका सचिव भीमसेन घिमिरेको असामयिक निधनको खबरले मलाई स्तब्ध र दुःखित बनाएको छ। स्वर्गीय घिमिरेले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा पुर्याउनुभएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ,’ सभापति देउवाले भनेका छन्, ‘उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। साथै, आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्दछु।




-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

