डुबेर तीनजनाको मृत्यु
काठमाडौं, साउन ११ : मोरङ र सिरहामा डुबेर तीनजनाको मृत्यु भएको छ।मोरङको विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा डेढ वर्षीय राजकुमार महतोको...
काठमाडौं, साउन ११ : मोरङ र सिरहामा डुबेर तीनजनाको मृत्यु भएको छ।
मोरङको विराटनगर महानगरपालिका–१४ जतुवा बस्ने फुलियादेवी महतोको छोरा डेढ वर्षीय राजकुमार महतोको सोही ठाउँस्थित नहरमा डुबेर आइतबार दिउँसो मृत्यु भएको हो।
त्यस्तै मोरङकै लेटाङ नगरपालिका–५ बस्ने शरणकुमार राईको छोरा १५ वर्षीय समृद्ध राईको सोही ठाउँस्थित मोरङ्गे खोलामा पौडी खेल्ने क्रममा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
त्यसैगरी सिरहाको लहान नगरपालिका(१४ बस्तिपुर बस्ने जिवछ पासवानको छोरा ६ वर्षीय सुभाष पासवानको डुबेर आइतबार राति मृत्यु भएको छ।
आफ्नै घरदेखि ५० मिटर टाढा रहेको पानी जमेको खाल्डोमा डुबेर घाइते भएका उनलाई उपचारका लागि लहानतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यी सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १३:५२ बजे, सोमबार, साउन ११, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार



-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

