बलात्कार आरोपमा दुईजना पक्राउ

काठमाडौं, साउन ११ : बालिका र किशोरीमाथि जबर्जस्ती करणी गरेको आरोपमा उदयपुरबाट एक र कपिलवस्तुबाट एक गरी दुईजनालाई पक्राउ परेका छन्।
उदयपुरमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कटारी नगरपालिका–४ सिम्ले बस्ने ३० वर्षीय दिनेश दनुवारलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
छिमेकीको घरबाट आफ्नो घरतर्फ आउँदै गरेकी ती बालिकाकाई सोही ठाउँस्थित निर्माणाधीन घरमा लगि दनुवारले शनिबार राति जबर्जस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
कपिलवस्तुको १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणी गरेको अभियोगमा मायादेवी गाउँपालिका–७ वसन्तपुर बस्ने २१ वर्षीय कली मुल्लाह मुसलमानलाई शनिबार राति पक्राउ गरेको छ।
घरनजिकै रहेको कुखुरा फर्ममा ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी तुलसिपुर बलुहवाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
यी दुवै घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको प्हरीले जनाएको छ।



-(1)-1752494016.png)




-(1)-1752494016.png)
![गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव [तस्विरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1783675901.jpg)

