Kathmandu Press

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

ट्युनिसियाका राष्ट्रपतिद्धारा संसद निलम्बन, प्रधानमन्त्री बर्खास्त

ट्युनिस, साउन ११ : ट्युनिसियाका राष्ट्रपतिले यहाँको संसद निलम्बन गरेका छन् र प्रधानमन्त्रीलाई पनि बर्खास्त गरेको बताइएको छ। 

ट्युनिसियाका राष्ट्रपति काइस सेइदले आइतबार यहाँका प्रधानमन्त्री हाइचेम मेकिचीलाई बर्खास्त गरेका थिए। त्यसलगत्तै उनले यहाँको संसद पनि निलम्बन गरेको बताइएको छ।

Hardik ivf

राष्ट्रपति काइस सेइदले आइतबार राति चालेको यो कदमको जानकारी ट्युनिसियाका राष्ट्रपतिको आधिकारिक फेसबुकमा भिडियो राखेर जानकारी दिएका छन्र । त्यसपछि यहाँको सरकारको नेतृत्व पनि उनी आफैले गरेका छन्र। उनले अकस्मात गरेको सो घोषणामा अर्को प्रधानमन्त्री नियुक्त नगर्दासम्म आफैले सरकारको नेतृत्व गर्ने बताएका छन्।

त्यसैगरी यहाँको संसद पनि उनले निलम्बन गरेर सबै सांसदहरुको पद स्वतह खारेज गरेको पनि सो भिडियोमार्फत् जानकारी गराएका छन्।आइतबार मात्र यहाँका नागरिकले यो उत्तर अफ्रिकी देशको स्वास्थ्य र आर्थिक अवस्था निकै नाजुक भएको, महामारीका बेलामा पनि सरकारले जनतालाई केही राहात र सहुलियत दिन नसकेको भन्दै सरकारका विरुद्धमा प्रदर्शन गरेका थिए। 

उनीहरुले वर्तमान सरकारलाई हटाउन र संसद पनि निलम्बन गरेर नयाँ निर्वाचनको लागि आह्वान गर्न माग गरेका थिए।

प्रकाशित मिति: १३:०६ बजे, सोमबार, साउन ११, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्