Kathmandu Press

उत्तर प्रदेश बस दुर्घटनामा २९ को मृत्यु, २३ गम्भीर घाइते

काठमाडौं, असार २३ : भारतको उत्तर प्रदेशमा आज बिहान भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना गम्भीर घाइते भएका छन्।

भारती....

उत्तर प्रदेश बस दुर्घटनामा २९ को मृत्यु, २३ गम्भीर घाइते
एजेन्सी

काठमाडौं, असार २३ : भारतको उत्तर प्रदेशमा आज बिहान भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको छ। दुर्घटनामा २३ जना गम्भीर घाइते भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार, नयाँ दिल्लीबाट उत्तर प्रदेशको लखनउ जान लागेको दुर्घटना भएको हो। बिहान आग्रा पुगेपछि बस खोँचमा खसेको थियो।

Hardik ivf

दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गर्न कठिन भएको थियो। आग्रा जिल्लाका म्याजिस्ट्रेट एनजी रवि कुमारले दुर्घटनामा २९ जनाको घटनास्थलमै मृत्यु भएको बताए।

उनका अनुसार, २३ जना गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरीका अनुसार, गुडिरहेको बस एकाएक सडकबाट कम्तीमा ५० फिट तल खसेको हो। घटनाको केही समयमै प्रहरी पुगेपनि खोँचबाट उद्धार गर्न समस्या भएकाले धेरैको ज्यान गएको जनाएको छ।

प्रकाशित मिति: १३:४७ बजे, सोमबार, असार २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्